धरान : धरानमा मंगलबार साँझ धरान-१५ की एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार धरान-१५ की एक जना ५४ बर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेको बताउने नेपाली सेना घुमिरहेको पाइएपछि केही दिन अघि धरान ३ बाट प्रहरीले पक्राउ गरेको थियो ।

तिनै सेनाको कनट्र्याक्ट ट्रेसिङको क्रममा गएको शनिवार उनको स्वाब लिइएको थियो । यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ७८ पुगेको छ ।