धरान : धरानमा आज बिहान थप २ जनामा कोरोना सङ्क्रमण भएको छ ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ७८ पुगेको छ । आज कोरोना संक्रमित हुनेहरूमा धरान १६ का एकै परिवारका ७८ बर्षीया श्रीमान ७० बर्षीया श्रीमती रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताएका छन् ।

उनीहरूमा ज्वरो आउने समस्या देखिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा उनीहरूले स्वाब दिएका थिए ।