धरान : सुनसरीमा आज थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार इटहरीमा १२ महिला ११ परुष गरी २३ जना, धरानमा ६ महिला ५ पुरुष गरी ११ जना, बराहाक्षेत्र नगरपालिकामा ३ जना पुरुष, बर्जु गाउँपालिकामा १ जना पुरुष, दुहबीमा १ महिला, ३ पुरुष गरी ४ जना गरी जम्मा ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ४३ पुगेको छ भने ४ सय ८७ जनाले कोरोना जितेका छन् भने ६ जनाको मृत्यु भएको छ । जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय ५० रहेको छ ।