धरान : धरानमा आज बिहान इलाका प्रहरी कार्यालयका प्रहरी, थुनुवा र लाहुरे ट्रेनिङ सेन्टरका गरी २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार आज कोरोना संक्रमित हुनेहरूमा इलाका प्रहरी कार्यालय धरानका ३२,२५,२३ र २० वर्षीय ४ जना पुरुष प्रहरी र इलाका प्रहरी कार्यालय धरानकै थुनुवा २९,२४,२४,४६ र ३५ वर्षीय ५ जना पुरुष, धरान ७ को बिफ ट्रेनिङ सेन्टरमा लाहुरे ट्रेनिङ गर्दै गरेका १९,२०,२० र २३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी धरान ४ खैरेनीटारका ३० वर्षीय पुरुष, धरान १५ का ४३ वर्षीय पुरुष, धरान ११ का ४४ वर्षीय महिला, धरान ६ का २७ वर्षीय महिला, धरान १३ का ४३ वर्षीय पुरुष, धरान १९ को भिक्टोरिया चौकमा डेरा गरी बस्ने एकै परिवारका २९ वर्षीय श्रीमान् र २४ वर्षीय श्रीमतीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

२० जना उनीहरूको भदौ २३ गते एन्फा क्वारेनटाइनमा कनट्र्याक्ट ट्रेसिङकाहरु र विदेश जानेहरुको स्वाब लिइएको थियो । 

यसै गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गर्ने एक जना ४८ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनको भने प्रतिष्ठानमै स्वाब लिईएको थियो । यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ११ पुगेको छ ।