धरान आज सुनसरीमा धरानमा २२ जना सहित ४१ जनामा कोरोना सङ्क्रमण भएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका कोभिड फोकल १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले दिएको जानकारी अनुसार आज धरानमा ३ महिला, १९ पुरुष सहित २२ जना, इटहरीमा १ महिला, ४ पुरुष गरी ५ जना, दुहबीमा ६ महिला, ३ पुरुष गरी ९ जना, कोशी गाउँपालिकामा १ महिला ३ पुरुष सहित ४ जना, इनरुवा नगरपालिकामा १ जना पुरुष गरी ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ११८४ पुगेको छ । अहिले सम्म सुनसरीमा ४९८ जनाले कोरोना जितेर अस्पताल र होम आइसोलेसनबाट डिस्चार्ज भएका छन् । ६८० जना जिल्लामा सक्रिय संक्रमित रहेका छन् भने ६ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।