धरान : प्रदेश १ मा आज १ सय २१ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, सङ्खुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ३२ जनामा सङ्क्रमण देखिएको छ । १२ महिला र २० पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको धनपालथानमा १ महिला ८ पुरुष, रंगेलीमा २ पुरुष, ग्रामथानमा १ महिला १ पुरुष, सुनबर्षीमा १ पुरुष, बुढीगंगामा १ महिला, सुनसरीको धरानमा ३ महिला २० पुरुष, दुहबीमा ७ महिला १ पुरुष, इटहरीमा १ महिला ५ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, इनरुवामा २ पुरुष र गढीमा १ पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ ।

उता झापाको दमकमा ६ महिला ३ पुरुष, मेचीनगरमा १ महिला १ पुरुष, बिर्तामोडमा १ महिला १ पुरुष, कनकाईमा १ महिला, सङ्खुवासभाको चैनपुरमा १ महिला १० पुरुष, धर्मदेवीमा १ पुरुष, उदयपुरको चौदण्डीगढीमा १ महिला र प्रदेश १ बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार ६१९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । विराटनगरकी एक महिलाको मृत्यु भएको हो । हाल सम्म प्रदेश १ मा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ ।

प्रदेश १ मा आज ६६ जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ चतराधामबाट ३९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, मेची अस्पताल झापाबाट १० र होम आइसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज सम्म २ हजार १९ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज ९ सय ३० जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएका मध्ये ३७ महिला र ८४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा आज सम्म १ लाख ५ हजार ७७४ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।