धरान : जनता समाजवादी पार्टीद्वारा सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत धरानमा चार सय जनालाई राहत बितरण गरेको छ।

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईको क्षेत्रलाई लक्षित गरेर नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा अति पिडित तथा बिपन्न परिवारलाइ  प्रती परिवार एक बोरा चामल उपलब्ध गराएको  राहत वितरण संयोजक हेमराज जिमि याक्खाले जानकारी दिए।

राहतलाई जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईकाे उपस्थितीमा राहत वितरण गरीएकाे  हाे ।  धरान उपमहानगरको २० वटै वडाबाट नाम संकलन गरि राहत बितरण गरिएको जानकारी दिए। राहत जनता समाजवादी धरान उपमहानगर समितिको पार्टी कार्यालय शान्तिपथबाट बितरण गरिएको हो।

धरान नगर समिति अध्यक्ष ताजुब लिम्बुले सबै कोरोना लकडाउनबाट पिडित रहेको भन्दै सिमित श्रोत भएकोले  सबैलाई राहत उपलब्ध गराउन नसकेको बताए। विपन्न र मध्येका पनि अति  विपन्न परिवार छनोट गरि राहत उपलब्ध गराएको जानकारी उनले दिए।