धरान : धरान र विराटनगरमा क्रियाशील सामाजिक संस्थाहरूले माया घर नेपाललाई खाद्यान्न सहयोग गरेका छन् ।

लियो क्लब अफ धरान,लियो क्लब विजयपुर, लियो क्लब दन्तकाली, लियो क्लब धरान बुढासुब्बा,लियो क्लब धरान घोपा युनाइटेड, लियो विराटनगर गोग्राहा र लियो क्लब विराटनगर महानगरले सामूहिक रूपमा खाद्यान्न सहयोग गरेका हुन।

चामल, तेल, नुन, दाल, न्युटेला , बिस्कुट र विभिन्न हरिया सागसब्जी माया घर नेपाललाइ हस्तान्तरण गरेका हुन।

लियो क्लब अफ गोग्राहा का अध्यक्ष रूपेशले माया घरले गरेको काम र लकडाउन सडक आश्रितहरूको लागी खाद्यान्न आवश्यकता देखेर सहयोग गरेको बताए।