विराटनगर :  मोरङको दुई स्थानबाट धरान-१५ का दुई युवा सहित ४ जना लागुऔषध काराेबारी पक्राउ परेका छन् । 

प्रहरीले  लागुऔषध गाँजा र ट्याब्लेट सहित ४ जनालाइ पक्राउ गरेकाे हाे। शुक्रवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको जानकारी दिएकाे छ ।

गस्तिमा खटिएको प्रहरी टोलीले केरावारी १० गैह्रीगाउमा पैदल हिडिरहेका धरान-१५ का १९ बर्षीय अजय तामाङ, २२ बर्षीय च्यामन राई र लेटाङ नगरपालिका-७ का १८ बर्षीय रोहन तामाङलाई चेकजाँच गर्दा निजहरुको साथबाट १ केजी गाँजा बरामद भएको थियो ।

यसैगरी ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध ट्याब्लेट सहित १ भारतिय नागरीकलाई पक्राउ गरेको छ । शुक्रवार दिउँसो ४ बजे भारत पिप्राहा बिष्णुपुर बस्ने १८ बर्षीय दिपेश यादव ७५ एम्पुल डाईजेपाम सहित पक्राउ परेका हुन् ।

भारतिय BR-38 H 6359 नम्बरको मोटरसाईकलमा सवार रहेका यादवलाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिट मुनी लुकाई छिपाई राखेको अवस्थामा उक्त परिणामको लागुऔषध बरामद भएको थियो ।

लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।