धरान : धरान १६ गणेशमान चौकमा भएको आगलागीमा एक जना घाइते भएका छन् ।

गणेशमान चौकका विनोद आचार्यको घरको पसलमा आज बिहान ग्याँस लिकेज भएर आगलागी भएको बताइएको छ । आगलागीमा परी आचार्यको घरमा पसल सञ्चालन गर्दै आएका पसल सञ्चालक विक्रम श्रेष्ठ घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार सो आगलागीबाट ४ लाख बराबरको क्षति भएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।