धरान : सुनसरीमा आज ११ जनामा थप कोरोना सङ्क्रमण भएको छ भने एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार आज थपिनेमा इटहरी उपमहानगरपालिकामा २ महिला ४ पुरुष गरी ६ जना, धरानको बीपीका २ जना पुरुष, इनरुवाका २ जना पुरुष, दुहबीका १ जना पुरुष गरी जम्मा ११ जनामा सङ्क्रमण देखिएको छ । यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ११९६ पुगेको छ ।

यसै गरी रामधुनी नगरपालिकाको झुम्का कारागारका १ जना पुरुषको हिजो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ । यो सँगै सुनसरीमा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।
सुनसरीमा कोरोना सङ्क्रमणबाट डिस्चार्ज हुनेको सङ्ख्या ५ सय पुगेको छ भने ६८९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।