धरान : प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना ७७ जना कोरोना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा मृत्यु हुनेको सङ्ख्या ४७ पुगेको छ ।

यसै गरी प्रदेश १ मा आज ७७ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा आज ४६ जनामा सङ्क्रमण देखिएको छ । २१ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको बुढीगंगामा ५ महिला ५ पुरुष, कटहरीमा ४ पुरुष, ग्रामथानमा १ पुरुष र सुन्दरहरैचमा १ महिला, सुनसरीको इटहरीमा २ महिला ६ पुरुष, इनरुवा र धरानमा २–२ पुरुष, रामधुनी र दुहबीमा १–१ पुरुष र उदयपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार ६९६ पुगेको छ ।

प्रदेश १ मा आज ३६ जना डिस्चार्ज भएका छन् । काली सदन आइसोलेसन विराटनगरबाट २०, बैजनाथपुर आइसोलेसन विराटनगरबाट ९, मारवाडी सेवा सदन आइसोलेसनबाट ४ र कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट ३ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या २ हजार ५६ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार २१२ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये २९ महिला र ४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार हाल सम्म १ लाख ६ हजार ९८६ जनाको पीसीआर परीक्षण गरिएको छ ।