धरान : जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले समाजवादी पार्टी तेस्रो शक्ति भए पनि त्यो पर्याप्त नभएको बताएका छन् ।

अब पार्टीलाई वैकल्पिक र थप मजबुत बनाएर जानको लागि सबै लाग्नुपर्ने बताए । नेता राईले धरानमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अब चुनाव नजिकै आई सकेको भन्दै सबै तयारी अवस्थामा रहनुपर्ने बताए । वर्तमान संविधानको कुरा निकाल्दै यो संविधान अधुरो अपुरो मात्र नभएर साम्प्रदायिक रहेको बताए । संविधान कति त्रुटिपूर्ण छ भन्ने कुरा त देशको भूभाग नसमेटी जारी गरिएकोबाट स्पष्ट भएको बताए ।

संसारकै उत्कृष्ट संविधान भन्नेले देशकै भूभाग समेत नक्सामा छुटाएको आरोप लगाए । एउटा जाती एउटा धर्म एउटा भाषा एउटा क्षेत्र पहाडलाई मात्र संरक्षण गर्नको लागि मात्र बनेको आरोप लगाए । यो संविधानले आदिवासी मधेसी दलित समुदायलाई समेट्न नसको बताए ।

संविधानमा धर्म निरपेक्ष लेखेर हिन्दु राज्य बनाएको आरोप लगाए । धर्म निरपेक्ष लेखेर स्पष्टीकरणमा सनातन लेखेको आरोप लगाउँदै राईले राज्यले एउटा धर्म बोकेपछि बाकी धर्मको के हालत हुन्छ भनेर प्रश्न गरे । बुद्ध जन्मेको देशमा इसाई सिख किरात लगायतको धर्मावलम्बी समेत रहेको बताउँदै उनले धर्म व्यक्तिको स्वतन्त्रताको कुरा भएको बताए । यो संविधान एकल जातीय मात्र नभएर अपुरो संविधान भएको बताए । भाषामा पनि विभेद रहेको बताए । यही क्रममा धरानका विभिन्न पार्टीमा आबद्ध रहेका २० जना युवाहरू जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।

आज पार्टी प्रवेश गर्नेहरूमा चन्द्र सोताङ,जगत् घताने,शिव इस्बो,रामप्रसाद राई,हरेन्द्र बिक,दिलकुमार लिवाङ,श्यामकुमार श्रेष्ठ,श्री कुमार श्रेष्ठ,बसन्ती श्रेष्ठ,गङ्गा चेम्जोङ,पृथ्वी चेम्जोङ,अशोकचन्द्र राई,बिस्ना लिम्बु,विनोद राई,तेज इस्बो,रुपेश इश्बो,सोममाया लिम्बू,चन्द्रकला श्रेष्ठ,दावा शेर्पा,ज्ञानबहादुर राई रहेका छन् ।
पार्टी प्रवेश गर्नेहरूलाई वरिष्ठ नेता राईले खादा लगाएर स्वागत गरेका थिए ।

धरान स्थित चुम्लुङ हिममा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गर्नेहरू मध्येबाट चन्द्र सोताङलेले बोल्दै आफूले काङ्ग्रेस पनि हेरियो नेकपा पनि हेरियो भन्दै साँच्चै पार्टीको नाम समेत जनता समाजवादी भएकोले नै आफू पार्टी प्रवेश गरेको बताए । यस अघि आफू वाइसीएलको इन्चार्ज समेत भएको बताए । आफू भाषण भन्दा पनि काममा विश्वास गर्ने भन्दै काम गरेर देखाउनुपर्ने बताए ।

SSfo-1 SSfo