धरान : एक महिनादेखि बन्द रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी आज देखि सुचारु भएको छ ।

प्रतिष्ठानले आज देखि ओपिडी सेवा सञ्चालनमा आउने भन्दै केही दिन अघि सूचना जारी गरेको थियो । स्थानीय, प्रदेश र सङ्घीय सरकारले लकडाउन(बन्दाबन्दी)लाई खुकुलो बनाउँदै गएको कारण प्रतिष्ठानले पनि ओपिडी सेवा सुरु गर्ने निर्णय गरिएको प्रतिष्ठानले सूचना जारी गरी जानकारी दिएको छ ।

ओपिडी सेवालाई सुरक्षित र व्यवस्थित गर्नको लागि चाहिने पिपिई, आवश्यक सुरक्षा, सामाजिक दुरी, हात धुने लगायतको प्रबन्ध गरिएको छ । प्रतिष्ठानमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएपछि प्रतिष्ठानले साउन २८ गतेदेखि ओपिडी सेवा बन्द गरेको थियो ।