धरान : जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानीय तहहरूलाई विभिन्न सेवा र कार्यहरूको सुची पठाएर मन्त्रीपरिषद्को निर्णय अनुसार विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रहरू तत्काल सञ्चालन नगर्न भनेको छ ।

यस्तै, शैक्षिक र अन्य परीक्षा सञ्चालनमा पनि रोक लगाइएको छ । अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्थाहरू सञ्चालन नगर्न स्थानीय तहहरूलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गरेको छ ।

सरकारले सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनारमा पनि रोक लगाएको छ भने सबै प्रकारका प्रदर्शन, भेला र सम्मेलन गर्न, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार लगायत मनोरञ्जन स्थलहरूमा पनि रोक लगाएको छ ।

सैलुन, ब्युटी पार्लर तथा स्पा, स्विमिङ पुल, जिम खाना तथा हेल्थ क्लब लगायतमा पनि सरकारले रोक लगाएको छ । यस्तैगरी अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरू र पुस्तकालय, संग्राहलय र चिडियाखाना सञ्चालनमा पनि रोक लगाएईएको छ ।

Suchana 2