धरान : धरान-१४ विजयपुरमा अव्यवस्थित बसोबासमा गर्नेहरूको अटेरीपनले जोखिम बढाएको छ ।

विजयपुरमा पछिल्लो समय पहिरोले निकै ठुलो क्षति पुरायो भने रुखको हाँगाले किचेर एक जनाको मृत्यु नै भयो । निरन्तरको वर्षासँगै गएको पहिरोले धरान १४ बाबा धाम मार्गमा केही दिन अघि कमली माया लिम्बुको घर पहिरोले बगायो ।

नजिकैका केही घरहरूमा बस्ने नहुने गरी पहिरोले असर गरेको छ । यसैगगरी धरान-१४ विजयपुरकै सिंहदेवी चौक देखि विजयपुर चौक सम्मको बाटोमा रुखको हाँगा खस्दा एक जना वालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

शुक्रवार धरान-१४ को बाबा धाम मार्गको करमडाडामा पहिरो जाँदा अहिले पिण्डेश्वर जाने सडक पुरै अवरुद्ध भएको छ भने एक घरका मानिस विस्थापित भएका छन् भने ४ घर बस्नै नहुने भएको छ ।

यस्ता घटना घट्नुको मुख्य कारण सर्वसाधारणको अटेरीपनले हो । ऐलानी जग्गामा जर्वजस्ती घर बनाउनु र ठुलो रुखको फेदमा घर बनाउनु र बस्ती बसाउनुले मानिसको मृत्यु हुने सम्मका घटना विजयपुरमा भएका छन् ।

अहिले आएर धरान-१४ विजयपुरको पिण्डेश्वर मन्दिर दक्षिण र बाबा धाम मार्गको दायाँबायाँ र खत्री धारा नजिकै केही घरहरू पहिरोको उच्च जोखिममा परेको धरान-१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

उनले भने “विजयपुरमा बाबा धाम मार्गमा एउटा घर नै पहिरोले बगायो भर्खरैको पानीले फेरी अर्को घरलाई जोखिममा पारेको छ । जोखिममा परेका परिवारहरूलाई सुरक्षित स्थानमा सर्न आफूले भने पनि आफ्नो व्यवस्थापन आफै गर्ने भन्दै नमानेको अध्यक्ष भट्टराईले बताए ।

विजयपुरको मुख्य प्रवेशद्वार गौधारा पिण्डेश्वर सडक खण्डको दायावाया बनेका घरहरू धरान उपमहानगरपालिकाको मापदण्ड विपरीत बनेका छन् । सडक किनारामा रहेका घरहरू भुवनावटको अवस्था पहिचान नगरी प्राविधिकको सल्लाह विना बनेकोले त्यहाँ बनेका घर र बस्तीहरू उच्च जोखिममा रहेको वडाध्यक्ष भट्टराईले बताए ।

यस्तै धरान १४ दुईधारे क्षेत्रमा पनि सडक किनारामा बनेका अव्यवस्थित बसोबासले सडकपेटी साँगुरिँदै गएको छ । त्यहाँको ऐलानी जग्गामा बसोबास गर्नेहरूले ठुला रुखको फेदमा जोखिम नहेरी घर बनाउँदा रुखले किच्ने सम्भावना बढेको अध्यक्ष भट्टराईले बताए ।

केही दिन अघि रुखको हाँगाले किचेर दुई धारेमा एक जना बालिकाको मृत्यु भएपछि अहिले सो क्षेत्रका सुकेका रुखका हाँगाहरू कटान गर्न थालिएको छ ।

धरान-१४ विजयपुर ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र हो । तर यहाँ बढ्दै गएको अव्यवस्थित बसोबासका साथै सर्वसाधारणको अटेरीपनले दिनानुदिन जोखिम बढ्दै गएको छ । धरान-१४ विजयपुरमा मात्रै वडा कार्यालयको तथ्याङ्कमा २ सय घर परिवार भूमिहीन सुकुम्वासीको बसोबास रहेको छ ।

उनीहरूको सुरक्षित बसोबासका लागि राज्यले व्यवस्थित बनाउन जरुरी छ । बर्षौ देखि बसोबास गरेका उनीहरूको व्यवस्थित बसोबास बसाइ सुरक्षित बनाइ विजयपुरको धार्मिक तथा ऐतिहासिक स्थलको प्रवर्द्धन गर्न अहिले देखिनै थाल्नुपर्छ ।

Pahiro-1 1 Pahiro-2 1 Pahiro-3 1