ताप्लेजुङ : ताप्लेजुङको फुङलिङमा ट्याक्टरको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ ।

आज बिहान साढे १० बजे फुङलिङ-७ बस्ने २६ बर्षीय दिपेन्द्र ओख्राबु लिम्बुलाई ना ६ त ३००० नम्बरको ट्याक्टरले ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ

राजमार्गमा पैदल हिडिरहेका लिम्बुलाई ट्याक्टरले ठक्कर दिदा उनको मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिएको चालक फरार रहेकोले उनको खोजी भईरहेको प्रहरीलेले जनाएको छ ।