धरान : धरानका निजी विद्यालयका अभिभावकहरूले धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलकलाई ज्ञापन पत्र बुझाएका छन् ।

धरानका केही निजी विद्यालयहरूले वार्षिक शुल्क र मासिक शुल्क उठाउन थाले पछि अन्यौलता भएकाले अभिभावकलाई प्रस्ट पारिदिन ज्ञापन पत्र बुझाएका हुन् । 
कोभिड-१९ कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनबाट सबै क्षेत्र बन्द हुँदा विगतमा जस्तो पुरै शुल्क तिर्न नसक्ने अभिभावकहरूको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अनलाइन कक्षा सञ्चालन गरी केही विद्यालयहरूले वार्षिक र मासिक शुल्क तिर्न दबाब दिइरहेको समेत गुनासो गरेका छन् । 
अनलाइन कक्षाको प्रभावकारिताको सम्बन्धमा अभिभावकहरू अन्योल भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दसैँ तिहार पछि मात्र समयानुकूल मिलाई कक्षा सुरु गर्दा राम्रो हुने सुझाव दिएका छन् । धरान उपमहानगरपालिकाबाट शुल्कबारे निर्णय वा सहमति नै नभई मासिक शुल्कको ताकेता गरेकामा आफूहरूलाई समस्या परेको अभिभावकहरूको गुनासो छ ।

विद्यार्थीहरूको पठनपाठन कसरी र कहिलेबाट सुरु गर्ने भन्ने सम्बन्धमा आफूहरूले छलफल गरिरहेको मेयर तिलक राईले बताए । 
शुल्कको सम्बन्धमा पनि नगरपालिकाले सहजीकरण गर्ने मेयर राईले बताए ।

अहिले यस विषयमा केही अन्यालैता छाएको छ । सवैसँग समन्वय गरेर नगरपालिकाले निर्णय गर्ने र निर्णय अनुसार सबै सरोकारवालहरूले काम गर्नु पर्ने मेयर राईको भनाई थियो ।

शिक्षा शाखाले गर्ने हरेक निर्णयमा अभिभावकहरूको प्रतिनिधिलाई पनि सहभागी गराउनुपर्ने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Parents Gyapan 3

Parents Gyapan 1