धरान : धरानमा आज बिहान धरान उपमहानगरपालिकाका कर्मचारी र धरानका एक जना पत्रकार, एक विद्यालयका प्रधानाध्यापक सहित १३ जनामा कोरोना सङ्क्रमण भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार आज सङ्क्रमण पुष्टि हुनेहरूमा धरान १८ का २५,५५,३१ वर्षीय महिला र ५५ वर्षीय पुरुष गरी ४ जना, धरान १५ का ३८ वर्षीय पुरुष, धरान १ का ३४ वर्षीय पुरुष, धरान ८ का ५४ वर्षीय पुरुष, धरान १६ का २७ वर्षीय पुरुष र ५५ वर्षीय महिला गरी २ जना, धरान २० का २५ वर्षीय महिला, धरान ३ का २१ वर्षीय महिला, धरान ६ का ३१ वर्षीय महिला र धरान १२ का ३८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमित हुनेहरू मध्येमा धरान उपमहानगरपालिकाका एक जना कर्मचारी, धरानका पुरुष पत्रकार, एक जना प्रधानाध्यापक र डाक्टर समेत रहेका छन् ।