उदयपुर : उदयपुरमा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ ।

आइतबार राती ०८ बजे माइती घरबाट फर्कने क्रममा रसुवा खोला बगाएर रौतामाई २ बस्ने ५५ बर्सिया लुङगेली मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो ।

झन्डै दुई सय मिटर सम्म खोलाले बगाएपछि झारीमा अड्केको अवस्थामा मैयाको शव फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।