धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत धरान २ की कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार धरान २ की ३८ वर्षीय महिलाको गए राति उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकको आज मात्रै कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । हिजो बीपीको इमरजेन्सी वार्डमा भर्ना भएका थिए । उनको रगतमा अत्यधिक मात्रामा सुगर देखिएको थियो भने उनमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्याका साथै निमोनियाको लक्षण पनि देखिएको थियो ।

यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।