धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज थप एक जना मोरङका कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत मोरङको सुनवर्षी ७ का ६८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिएका छन् ।

नोबेल मेडिकल कलेजले विराटनगरमा आइसियुमा उपचाररत रहेका उनलाई ज्वरो, खोकी, स्वासप्रस्वासमा कठिन भएपछि उनको पिसिआर परीक्षण गर्दा भदौ ५ गते कोरोना पोजेटिभ देखिएको थियो ।

उनमा उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको दीर्घकालीन समस्या भएर डाइलसिस गर्दै गरेकोले उनलाई भदौ १० गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

मृतकको स्वास्थ्य प्रोटकल अनुसार शव व्यवस्थापनका कार्य भइरहेको प्रतिष्ठानले जनाएको छ ।