धरान : धरानमा आज ७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

आज कोरोना सङ्क्रमण भएकाहरू धरान -१८ का ३६ वर्षीय महिला, धरान -१६ का ४९ वर्षीय महिला, धरान -३ का ६४ वर्षीय पुरुष, धरान -१० का ३९ वर्षीय पुरुष, धरान -४ का २७ वर्षीय पुरुष, धरान -११ का ३३ वर्षीय पुरुष र धरान-१३ का ५५ वर्षीय पुरुष सहित ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार सङ्क्रमितहरूको विवरण लिने क्रम जारी रहेको छ ।