विराटनगर : विराटनगर १६ दरैया बस्ने ६१ वर्षीय रामु मण्डल लागु औषध खैरो हिरोइन ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

सोमबार अपराह्न ४ बजे विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले साइकलमा आईरहेका मण्डललाई विराटनगर १२ स्थित कलेज रोडबाट नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नियन्त्रण पश्चात् उनी माथि चेकचाँच गर्दा प्लास्टिकमा पोको पारेर राखिएको अवस्थामा ५ ग्राम ७० मिलिग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको साथै उनी उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको उक्त कार्यालयले जनाएको छ ।