धरान : धरानमा नेपाल टेलिकम धरान शाखाका ७ जना कर्मचारी सहित १७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार गए राति अबेर आएको रिपोर्ट अनुसार धरान १ लक्ष्मी सडकमा रहेको नेपाल टेलिकमका ४२,४५,३५,३२,५३ वर्षीय ५ जना पुरुष र ४१ र ४५ वर्षीय महिला सहित ७ जनामा कोरोना सङ्क्रमण भएको छ । यो सँगै नेपाल टेलिकममा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ९ पुगेको नेपाल टेलिकमका एक जना कर्मचारीले बताए ।

यसै गरी धरान १८ का ५०,४३,३० र २९ वर्षीय ४ जना पुरुष, धरान ११ का ६७ वर्षीय महिला, धरान ५ का ४८ वर्षीय पुरुष, धरान १० का ३९ वर्षीय पुरुष, धरान ३ का ३१ र ५५ वर्षीय पुरुष गरी २ जना र धरान १५ का ५५ वर्षीय पुरुष गरी १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ८८ पुगेको छ भने ८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना परीक्षण गर्ने पिसिआर किट र रिएजेन्ट सकिएको भन्दै शुल्क लिएर मात्रै कोरोना परीक्षण गर्ने भनेपछि असोज ३ गते देखि स्वाब सङ्कलन गर्न बन्द गरिएको थियो ।

हिजो कोरोना सङ्क्रमितहरूको कनट्र्याक्ट ट्रेसिङका २६ पुरुष र ७ जना महिला गरी ३३ जनाको स्वाब लिइएको छ । धरान उपमहानगरपालिकाको विशेष अनुरोधमा स्वाब लिएर प्रतिष्ठानको कोरोना परीक्षण ल्याबमा बुझाइएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।