धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ३९ वर्षका राजविराज-४ सप्तरी कोरोना सङ्क्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । गोल्डेन हस्पिटल विराटनगर वाट रिफर गरिएका उनमा ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन भएपछि परीक्षण गराउँदा भदौ ९ गते कोरोना पुष्टि भएको थियो।

भेन्टिलेटरमा राखेर उपचारको क्रममा आज बिहान ३ बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।