धरान : सुनसरीको हरिनगर ६ बस्ने २५ वर्षीय जिवराईल अन्सारी लागु औषध सहित पक्राउ परेका छन् ।

अन्सारीलाई सोमबार इटहरी ६ स्थित हङकङ मार्केटको एरियाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय  इटहरीले जनाएको छ ।

अन्सारीले अवैध लागु औषधको  कारोबार गर्ने गरेको सूचना पाए पछि प्रहरीको  निगरानीमा रहेका उनलाई साँझ सवा ५ बजे नियन्त्रणमा लिईएको थियो ।

 नियन्त्रण पश्चात् उनले बोकेको झोला जाँच गर्दा लुकाई छिपाई राखिएको अवस्थामा १६ सय नाइट्रोजन ट्याब्लेट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ ।