विराटनगर : प्रदेश १ मा आज १ सय ५७ कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा १०२, सुनसरीमा ४०, झापामा ९,उदयपुर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् ।

मन्त्रालयका अनुसार विराटनगरमा ७६ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमित मध्ये २८ महिला र ४८ पुरुष छन् । मोरङको बुढीगंगामा ४ महिला १० पुरुष, कटहरीमा ४ महिला ७ पुरुष,कानेपोखरीमा १ पुरुषमा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसै गरी सुनसरीको धरानमा ५ महिला १३ पुरुष, इटहरीमा ५ महिला १० पुरुष, इनरुवामा १ महिला १ पुरुष, बराहक्षेत्रमा १ महिला, दुहबी र हरिनगरमा १–१ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको बिर्तामोडमा २ महिला १ पुरुष, मेचीनगरमा २ पुरुष, भद्रपुरमा १ महिला १ पुरुष, कचनकवल र स्थानीय तह नखुलेका १–१ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष, ओखलढुङ्गामा १ महिला, प्रदेश १ बाहिरका ४ पुरुषमा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ७९८ पुगेको छ ।
प्रदेश १ मा आज ५३ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट २९, विराट मेडिकल कलेजबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, मेची अस्पताल र होटल एशियाटिक आईसोलेसनबाट ५–५, न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको सङ्ख्या ३ हजार ९८ पुगेको छ ।

प्रदेश १ मा आज ९ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५२ महिला र १०५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २३ हजार ७४५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जनाको मृत्यु भएको छ ।

सुनसरीका २ पुरुष, मोरङ र प्रदेश १ बाहिरका १–१पुरुषको मृत्यु भएको छ । हाल सम्म ७१ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा प्रदेश १ स्थायी ठेगाना भएका ५७ र १४ जना अन्य प्रदेशका छन् ।