धरान : स्कुले दुई युवतीलाई ललाई फकाइ पुजाका लागी भारत लैजाने क्रममा २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार नेपालबाट ललाई फकाई आर्थिक प्रलोभनमा पारी दुई जना युवतीहरुलई भारत तर्फ लाने क्रममा सप्तरी, कृष्ण सवरन गाउँपालिका-४ बस्ने २९ वर्षीय मोहम्मद साहिल मन्सुरी र सिराहा जिल्ला लाहान नगरपालिका १९ कटाह बस्ने २९ वर्षीय जिवछकुमार साहलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रमुख कमल थापाले जानकारी दिए ।

बुधवार बिहान करिब १०ः३० बजेको समयमा कोशी गाउँपालिका-८ पूर्वी टोल नाका र भारतको सुपोल जिल्ला भिमनगर १२ बोर्डर इलाकामा एसएसबी, सशस्त्र प्रहरीको सहयोगमा प्रारम्भिक सोधपुछ गर्दा भारत लादै गरेको खुले पछि नियन्त्रणमा लिइएको हो ।

भारतको सुपौल जिल्ला भिमनगरमा बाबाको मन्दिरमा पुजारीसँग पूजामा बस्नु पर्ने, पूजामा बसे बापत पारिश्रमिक १, २ लाख पाउने, कुनै दुःख बिमार भए सो समेत सन्चो हुने र पूजा समाप्त हुना साथ घर फिर्ता गरिदिने भनी प्रलोभनमा पारी ललाई फकाई लिएर गएको प्रहरीले बताएको छ ।

अनुसन्धानका क्रममा सम्बन्धित पक्षका अभिभावक बोलाएर तथा भिमनगरमा बाबाको मन्दिरको समेत भारत प्रहरी सँग समन्वय गरी थप अनुसन्धान भइरहेको घटनाका अनुसन्धान अधिकृत डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।