धरान : धरानमा बुधबार साँझ जनप्रतिनिधि, उपमहानगरका कर्मचारी सहित ३० जना कोरोना सङ्क्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार हिजो एन्फा क्वारेनटाइनमा ३३ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा लिइएको स्वाबको नमुना परीक्षण गर्दा ३० जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

कोरोना सङ्क्रमित हुनेहरूमा केही जनप्रतिनिधि र धरान उपमहानगरपालिकाका कर्मचारी पनि रहेको बताइएको छ । सङ्क्रमण पुष्टि हुनेहरूमा धरान १७ मा ३६,३७,२६,२६ वर्षीय पुरुष, धरान २ का ३८ वर्षीय महिला,  धरान १२ का ३० र ३७ वर्षीय पुरुष, धरान ३ का ५१, २८ र २९ वर्षीय पुरुष, धरान १५ का २७,४९,२४ वर्षीय पुरुष र ३२ वर्षीय महिला, धरान १६ मा ३१ र २७ वर्षीय २ महिला, ३१ वर्षीय पुरुष, धरान १० का ५२ वर्षीय पुरुष, धरान १८ का ३४ र ४० वर्षीय पुरुष, ६० र ४७ वर्षीय महिला, धरान मात्रै ठेगाना उल्लेख गरेको वडा उल्लेख नगरेका २३,३०,३७ र २७ वर्षीय पुरुष, धरान ५ का ३५ वर्षीय पुरुष, ३३ वर्षीय महिला, धरान १ का ७० वर्षीय पुरुष र धरान ७ का ५९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरानमा यो सँगै कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय १८ पुगेको छ भने ८ जनाको मृत्यु भएको छ ।