धरान : धरान १४ विजयपुर चोकमा आयोजित रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् ।

विजयपुरको न्याय दर्शन आमा समूहद्वारा आयोजित रक्तदान कार्यक्रममा १५ जना रक्तदाताहरूले रक्तदान गरेको संस्थाकी अध्यक्ष झुना कुमारी धमलाले जानकारी दिइन् ।

कार्यक्रममा धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीको प्रमुख आतिथ्य तथा १४ नम्बर वडाध्यक्ष कृष्ण प्रसाद भट्टराई को विशेष आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।