इटहरी : कोरोना भाइरस बाट दिनानुदिन मृतकको सङ्ख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै लिबरल सोसाइटीले कोरोनाबाट बच्ने उपाय सहित जनचेतनामूलक प्रचार सुरु गरेको छ ।

लामो समयको लकडाउन पछि बजार पसल खुल्ला भएको अवस्थामा कोरोना भाइरस फैलिने क्रम बढेको भन्दै सोसाइटीले जनचेतनामूलक प्रचार सुरु गरेको हो ।

आज बिहान जनचेतना मूलक सन्देश लेखेका बोर्डहरू इटहरी २० तरहराका चोक चोकमा राख्ने काम भएको छ । सोसाइटीका अध्यक्ष सुवेक्छु देवानका अनुसार होर्डिङ बोर्ड सहित धेरै भिडभाड हुने पसल ,बैङ्क, स्वास्थ्य चौकी तथा प्रहरी चौकीहरू मा कोरोना महामारीबाट बच्ने सन्देश मूलक स्टीकर टाँस्ने काम भएको छ ।

घर बाहिर निस्कँदा मास्क नलगाई निस्किने हरूलाई जनचेतना मूलक सन्देश लेखेको मास्क वितरण गर्ने कार्य सम्पन्न गरेका छौ । उनले भने, जनचेतनानै कोरोना बाट बच्ने उत्तम उपाय हो ।