विराटनगर : प्रदेश १ मा आज १ सय ८२ जना कोरोना सङ्क्रमित थपिएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

मोरङमा ९८, सुनसरीमा ६८, झापामा७, ताप्लेजुङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ६८ जनामा सङ्क्रमण देखिएको छ ।

सङ्क्रमण देखिएकामा २६ महिला र ४२ पुरुष छन् । मोरङको जहदामा ६ महिला ११ पुरुष, धनपालथानमा ४ पुरुष, ग्रामथानमा १ महिला २ पुरुष, कटहरीमा १ महिला १पुरुष, बुढीगंगामा २ पुरुष, केराबारीमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुषमा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ११ महिला ३३ पुरुष, इटहरीमा ६ महिला १३ पुरुष, रामधुनीमा १ महिला २ पुरुष, दुहबीमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुष, झापाको बिर्तामोडका २ महिला २ पुरुष, अर्जुनधारामा २ पुरुष, गौरादहका १ महिला, ताप्लेजुङ र भोजपुरको अरुणका १–१ पुरुष र प्रदेश १ बाहिरका १ महिला ६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ९८० पुगेको छ । प्रदेश १ मा आज१७४ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १३९, कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट २३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ५ जना डिस्चार्ज भएका छन् । हाल सम्म ३ हजार २७२ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज९७८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ६० महिला र १२२ को रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख २४ हजार ७२३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ । सुनसरीका २ पुरुष र मोरङकी १ महिलाको मृत्यु भएको हो । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या७४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।