धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत रहेकी कोरोना सङ्क्रमित महिलाले बच्चा जन्माएकी छिन् ।

बीपीमा कोरोना सङ्क्रमित महिलाले बच्चा जन्माएको यो दोस्रो हो । झापाको बिर्तामोड घर भएकी प्रतिष्ठानकै कर्मचारी २९ वर्षीय महिलाले २.३ केजीको छोरी जन्माएकी हुन् ।

उनलाई डा. मनोजकुमार साह, डा. अस्मिता पाठक, एनेस्थेसिया विभागका डा. जगद प्रसाद, डा. सहज पौडेल र नर्स गोमाको समूहले अप्रेसन गरी सुत्केरी गराइएको प्रतिष्ठानले जनाएको छ ।

सुत्केरी महिलाको असोज १२ गते कोरोना पोजेटिभ भएको थियो । उनी कोभिड १९ अस्पतालमा उपचाररत रहेका थियो ।