धरान :  धरान-१ पुरानो बजारबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन ।

पक्राउ पर्नेमा २३ बर्षीय गणेश राउत र ४३ बर्षीय निरज भट्टराई रहेका छन । विशेष सुराकका आधारमा हिजो राती पौने ९ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई उनिहरुकै कोठाबाट नियन्त्रणमा लिएको हो ।

नियन्त्रण पश्चात उनिहरुको कोठामा खानतलासी गर्दा लुकाई छिपाई राखीएको २० बोतल डाइलेक्सडिसी, ३०६ क्याप्सुल स्पामो टोक्सिभन , ४ क्याप्सुल नाईट्रोजन र नगद ९७ हजार रुपैया समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका दुबै जना सोही स्थानमा कोठा भाँडा लिएर बस्दै आएको खुल्न आएको छ । उनिहरु उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।