विराटनगर : प्रदेश १ मा आज १ सय ९७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

दैनिक सङ्क्रमण सङ्ख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, तेह्रथुममा २ र प्रदेश १ बाहिर ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १२३ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकामा ४७ महिला र ७६ पुरुष छन् । मोरङको सुन्दरहरैचामा ४ महिला ५ पुरुष, पथरीशनिश्चरेमा २ महिला ७ पुरुष, रंगेलीमा १ महिला २ पुरुष, कटहरी र बुढीगंगामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, धरानमा २ महिला ३ पुरुष, दुहबीमा ३ पुरुष, हरिनगरमा २ पुरुष, गढी र रामधुनीमा १–१ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको मेचीनगरमा ४ महिला ९ पुरुष, भद्रपुरमा २ महिला २ पुरुष, कनकाईमा २, दमक र बिर्तामोडमा १–१ पुरुष, तेह्रथुमको छथरमा १ महिला स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका ५ पुरुषमा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  यो सँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७ हजार १७७ पुगेको छ ।

प्रदेश १ मा आज १ सय ६६ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १५५, विराट मेडिकल कलेजबाट ८, न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् । हाल सम्म ३ हजार ४३८ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६५ महिला र १३२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २५ हजार ६८१ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।