पथरी  : मोरङको पथरी नगर अस्पतालका स्वास्थ्य कर्मचारी सहित ९ जनामा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ देखिए पछि नगर अस्पतालका सबै सेवा अनिश्चितकाल कालागी बन्द गरिएको छ ।

नगर अस्पतालले सूचना प्रकाशित गर्दै अस्पतालका सेवा बन्द गरिएको जनाएको छ ।

नगरका २ महिला सहित ९ जनामा कोरोना पोजेटिभ देखिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जानकारी दिए ।

जनस्वास्थ्य निरीक्षक आचार्य सहित नगर अस्पतालका स्वास्थ्यकर्मी, नगरका कर्मचारी र जनप्रतिनिधिको समेत पोजेटिभ रिपोर्ट आएको हो ।

यसैबिच, नगर अस्पतालका स्वास्थ्यकर्मीमा समेत कोरोना देखा परेपछि अस्पताल व्यवस्थापन समितिको शुक्रवार बसेको आकस्मिक बैठकले अस्पतालका सम्पूर्णको कनट्याक्ट ट्रेसिङका आधारमा पीसीआर जाँच गरी रिपोर्ट नआएसम्म अस्पतालले सेवा प्रवाह रोकिने निर्णय गरेको छ ।

पीसीआर रिपोर्ट नआएसम्म बिरामीहरूमा पनि थप जोखिम हुनसक्ने कुरालाई मध्यनजर गरी अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीलाई होम क्वारेनटाइनमा राख्ने निर्णय भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याम प्रसाद गुरागाईले जानकारी दिए