पथरी : मोरङको पथरीशनिश्चरेमा भएका मन्टेश्वरी स्कुलका संन्चालक हरू सङ्गठित भएका छन् ।

सिडलिङ मन्टेश्वरीकी बिन्दु चेम्जोङको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो । एसोसिएसनका सुनसरी जिल्ला अध्यक्ष हरि आचार्यको आतिथ्यमा समिति गठन भएको हो ।

किन्डरगार्डेन मन्टेश्वरी चायल्ड केयर एसोसिएसनको पथरीशनिश्चरे नगर समिति गठन भएको स्मार्ट मन्टेश्वरीका लोक किरण न्यौपानेले जानकारी दिए ।

नगरमा ज्ञानकुन्ज, क्याप्रोज, स्मार्ट र सिडलिङ गरि चार मन्टेश्वरी संन्चालनमा रहेका छन ।