धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत एक जना इनरुवाका कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार सुनसरीको इनरुवा नगरपालिकाको वडानं. ४ का २८ वर्षीय महिलाको आज बिहान मृत्यु भएको हो । 

भदौ ८ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना भएका उनमा दिर्घरोग नभएको बताइएको छ । 
मृतकको शव व्यवस्थापनका लागि स्वास्थ्य प्रोटोकल अनुसार तयारी भइरहेको बताइएको छ ।