झापा : पत्रकार मञ्च दमकले स्थापना गरेको पत्रकार अक्षयकोषमा मञ्चकी कोषाध्यक्ष कुसुम तामाङ भट्टराईले विवाह वर्षगाँठको अवसरमा १० हजार ५५ रुपैयाँ सहयोग गरेकी छन् ।

मञ्चको कोषाध्यक्ष कुसुमले विवाह गरेको पहिलो वर्षगाँठको अवसरमा मञ्चले स्थापना गरेको पत्रकार अक्षयकोषमा सो रकम प्रदान गरेकी हुन । मञ्चको कोषाध्यक्ष तामाङ भट्टराईकाे गत बर्ष असोज १७ गते चलचित्र निर्देशक तथा अभिनेता श्याम  भट्टराईसँग प्रेम विवाह भएको थियो ।

प्रेम विवाह भएको पहिलो वर्षगाँठको अवसरमा फजुल खर्च गरेर वर्षगाँठ मनाउनु भन्दा पत्रकारको हितको लागि आफूले रहेको  अक्षयकोष रकम प्रदान गरेको पत्रकार मञ्च दमकको कोषाध्यक्ष कुसुम तामाङ  भट्टराईले बताइन ।

पत्रकार अक्षयकोष वृद्धिको शुभकामना व्यक्त गर्दै पत्रकार र सञ्चारकर्मी साथै अन्य सहयोगी दाताहरूबाट जन्मदिन, विवाह वर्षगाँठ आदिको अवसरमा सबैले सहयोग गर्नुहुन कुसुमले अनुरोध समेत गरेकी  छन ।