बेलबारी : मोरङको बेलबारीस्थित स्थित भाउन्नेमा शनिवार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

धरानबाट काँकडभिट्टा जाँदै गरेको को १ ख ५०७९ नम्बरको यात्रुवाहक बस बेलबारी-१० स्थित पूर्व पश्चिम राजमार्गमा अनियन्त्रित हुँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

घाइतेको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अस्पतालको अनुसार पथरी निवासी घाइते रमेश न्यौपानेको अवस्था जटिल रहेको र अन्यको सामान्य रहेको छ ।