धरान : धरान उपमहानगरपालिकामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार धरानमा १ हजार बरावर ३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्ख्याको आधारमा हेर्ने हो भने धरान उपमहानगरपालिकामा स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार अहिले सम्म ६ सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

तर यता धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले भने धरानमा अहिले सम्म कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय ६ मात्रै पुगेको बताएको छ । 

धरानमा धरानको कुल जनसङ्ख्याको हिसाबले १ हजार जना मध्ये ३ जनामा कोरोना सङ्क्रमण भएको पाईएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले बताए । उनका अनुसार १ हजार बरावर दुहबी नगरपालिकामा सबै भन्दा उच्च ४ जना रहेको छ । इटहरीमा १ हजार बरावर २।९८ झन्डै तीन जनाको नजिकको सङ्ख्यामा पुगेको छ ।

 पछिल्लो समय लकडाउन हटेसङै सुनसरी जिल्लामा पनि कोरोना संक्रमणदर वृद्धि भएको छ । यसमा पनि सबै भन्दा धरानमा पछिल्लो समय बढी सङ्क्रमण देखिएको छ ।

यस भन्दा अघि धरानमा विदेशबाट आएका र क्वारेनटाइनमा बसेकाहरूमा मात्रै कोरोना सङ्क्रमण देखिँदै आएकोमा अहिले यही रहेका समुदायका मानिसमा पनि भटाभट कोरोना सङ्क्रमण भएको पाईएको छ । यसले गर्दा धरानमा कोरोना समुदायमै फैलिएको हो त रु यस सँग विज्ञहहरुका अनुसार अझै पनि धरानको कोरोना संक्रमणदरलाई हेरेर समुदायमै कोरोना फैलिएको भन्न नमिल्ने बताउँछन् । 

दैनिक कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिनुले गर्दा पछिल्लो समय धरान उपमहानगरपालिकाले पनि के गर्ने रु भन्ने बारेमा निर्णय लिन सकिरहेको छैन । अव लकडाउन गरेर कोरोना भाइरसको सङ्क्रमणलाई रोक्नका लागि लकडाउन गरौँ  दसैँ नजिकिँदै छ , अव के गर्न सकिन्छ विज्ञहरूको राय सुझाव लिएर अघि बढ्ने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए ।

 शुक्रवार मात्रै धरानमा धेरै सङ्ख्यामा कोरोना सङ्क्रमित थपिए । धरान उपमहानगरपालिकाका कर्मचारी मात्रै २० जना भन्दा बढी सङ्क्रमित भएको धरान उपमहानगरपालिकाका अधिकृत विदुरप्रसाद खनालले बताए ।

धरान उपमहानगरपालिकाबाट सेवा प्रवाह गर्न नै समस्या सिर्जना भएको उनले बताए । धरान उपमहानगरपालिकाको सूचना शाखा, घर नक्सा शाखा, प्रशासन लगायतका शाखाहरूका कर्मचारी कोरोना सङ्क्रमित भएकोले सो शाखाहरूबाट सेवा प्रवाह गर्न नसकिने अधिकृत खनालले बताए ।

 यसै गरी कोरोना सङ्क्रमणकै कारण धरान उपमहानगरपालिकाको वडानं. ११,३,१२,१६,१५ लगायतका वडाहरू बन्द भएका छन् । धरान उपमहानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरू धमाधम सङ्क्रमित हुन थाले पछि धरान उपमहानगरपालिकामा सेवा प्रवाह गर्न नै समस्या भएको छ ।

 यसै गरी धरान बजारको अवस्था झन् जोखिमपूर्ण देखिएको छ । अलिकति पनि सामाजिक दुरी कायम नगरी सर्वसाधारणको भिड बजारमा देखिन्छ । लामो तथा छोटो दुरीको सार्वजनिक यातायातका साधनमा अलिकति पनि मापदण्ड नपुर्‍याई यात्रु चढाउने गरेको पाईएको छ भने धरान भित्रै चल्ने टेम्पु,सिटी सफारीले पनि अलिकति पनि मापदण्ड पुरा गरेको देखिँदैन । यसबारेमा पनि सम्बन्धित निकायको ध्यान जान जरुरी भएको छ । 

Bhanucowk Bhanucowk-2