धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति कार्यालयका फोरम्यानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उपकुलपतिको कार्यालयलाई अर्को सूचना नभएसम्मका लागी सिल गरिएको छ ।

बिहीबार प्रतिष्ठानको हेल्प डेस्कमा उक्त कर्मचारीले स्वाब दिएकोमा शुक्रवार रिपोर्ट पोजेटिभ आएको हो । उनी त्यस दिनसम्म नै काममा खटिएको कारण उपकुलपतिको कार्यालय र सँगै जोडिएको रेक्टरको कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमणको चुनौती देखिएको छ ।

तसर्थ कोरोना फैलन नदिन तथा आवश्यक सुरक्षाको लागी अर्को सूचना नआएसम्मका लागी कार्यालयलाई सिल गरिएको सूचना पत्रमा उल्लेख छ ।

सङ्क्रमित कर्मचारीलाई शुक्रवार नै प्रतिष्ठानको आइसोलेसनमा पठाइएको छ। रेक्टर र उपकुलपतिको कार्यालयमा कार्यरत सबै कर्मचारीको स्वाब संकलन गरिने उपकुलपतिका सल्लाहकार दिलीप भट्टराईले जानकारी गराए ।

सिल अवधिमा प्रतिष्ठानका उपकुलपति र रेक्टर क्वारेनटिनमा बसी आफ्नो निवासबाट नै नियमित कार्य गर्ने सल्लाहकार भट्टराईले बताए ।

Suchana