धरान : इटहरी उपमहानगरपालिकामा पछिल्लो समय कोरोना सङ्क्रमण तीव्र गतिमा बढेको र उपमहानगरका कर्मचारीमा पनि कोरोना सङ्क्रमण हुन थालेपछि असोज २१ गते सम्म इटहरी उपमहानगर र सबै वडा कार्यालयहरू बन्द हुने भएका छन् ।

इटहरी उपमहानगरपालिकाले आज एक सूचना जारी गरी इटहरी उपमहानगरपालिका र सबै वडा कार्यालयहरूबाट अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द रहने जनाएको छ ।

इटहरी उपमहानगरपालिकामा उपमहानगर र वडा कार्यालयहरूका कर्मचारी र जनप्रतिनिधिमा कोरोना सङ्क्रमण भएकोले कनट्र्याक्ट ट्रेसिङ गरी रिपोर्ट नआउन्जेल सम्मलाई आउँदो २१ गते सम्म अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द रहने बताइएको छ ।

इटहरी उपमहानगरपालिकामा अहिले सम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ६६ पुगेको छ ।

Itahari-Suchana