धरान : धरानमा  थप ३५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको परीक्षण अनुसार थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना पोजेटिभ रिपोर्ट आएका मध्ये धरान १८ ठेगाना भएका १५ जना रहेका छन् । उनीहरू अधिकांश वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत भएको रहेको अनुमान गरिएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान-१२ का ६ जना, धरान -९ का २ जना छन् । यसै गरी, वडा नं-१०, १५, १३, ८, ११, १४, १९ र २ का पनि एक एक जनाको रिपोर्ट पोजेटिभ आएको छ । साथै, धरान ठेगाना भए पनि वडा नखुलेका ४ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमित मध्ये धरान उपमहानगरपालिकाले ४ जनाको स्वाब लिइएकोमा ३ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको हो भने बाँकी सबैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब लिइएकाको रिपोर्ट पोजेटिभ आएको हो ।

सङ्क्रमित हुनेहरूमा १३ पुरुष, २१ महिला र एक जनाको लिङ्ग खुलाइएको छैन । धरानमा यो सँगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६ सय ४१ पुगेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । थपिएका कोरोना सङ्क्रमितहरूको विृस्तित विवरण अझै आई सकेको छैन ।