धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत एक जना धरान १५ का सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता आशिष् श्रेष्ठका अनुसार धरान १५ निवासी ५५ वर्षीय पुरुषको आज बिहान उपचारको क्रममा ६ः४५ बजे मृत्यु भएको हो । मिृगौला सम्बन्धी बिरामी रहेका उनलाई असोज १६ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

यो सँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मात्रै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ भने धरान उपमहानगरपालिका भित्र मात्रै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या यो सँग ९ पुगेको छ ।