विराटनगर : प्रदेश १ मा आज १ सय ६४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, तेह्रथुम र ताप्लेजुङमा १-१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५७ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकामा २२ महिला र ३५ पुरुष छन् । सुनसरीकै धरानमा ४१ जनामा सङ्क्रमण देखिएको छ भने २६ महिला र १५ पुरुष रहेका छन् ।

कोशी गाउँपालिकामा १ महिला १ पुरुष, दुहबी र बराहक्षेत्रमा १–१ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा २२ महिला १५ पुरुष, मिक्लाजुङमा २ महिला ३ पुरुष, बुढीगंगामा ४ पुरुष, जहदामा २, कटहरी, केराबारी, सुनबर्षी र बेलबारीमा १–१ जना, झापाको दमक र स्थानीय तह नखुलेका १–१ महिला, ताप्लेजुङको फक्ताङलुङमा १ पुरुष, धनकुटामा १ महिला , तेह्रथुमको म्याङ्लुङका १ पुरुष र प्रदेश १ बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्याको ७ हजार ७७५ पुगेको छ । प्रदेश १ मा आज ५९२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ७६ महिला र ८८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख २८ हजार १४८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।