धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत तेह्रथुमका एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार तेह्रथुमको म्याङ्लुङ १ निवासी ३१ वर्षीय पुरुषको उपचारको क्रममा आज मृत्यु भएको हो । तेह्रथुममा पहिलो पटक कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

मृतकमा मृगौला सम्बन्धी समस्या रहेको बताइएको छ ।