धरान : झापाको दमक ९ दिपज्योती उराउ टोल बस्ने ३० बर्षीया रुपा चौधरी भण्डारी लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेकी छिन् ।

उनलाई सोमबार बिहान साढे ११ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । रुपाले आफ्नै घरबाट ब्राउनसुगरको किनबेच गर्ने गरेको विशेष सुराकका आधारमा प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो ।

खानतलासी गर्ने क्रममा पलङमुनि लुकाई छिपाई छुट्टा छुटै ५ वटा प्लास्टिकको पोका बनाई राखेको अवस्थामा ३५ ग्राम ब्राउनसुगर र नगद ७४ हजार ६ सय १५ रुपैयाँ समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसरी लागुऔषध सहित पक्राउ परेकी रुपालाई इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।