धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालमा उपचाररत धरान ३ का एक पुरुष कोरोना संत्रक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धरान-३ निवासी ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई असोज १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा आज बिहान ४ः२० बजे मृत्यु भएको हो ।

यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।